दफा ३क
अन्त:शुल्क निर्धारण र असुली
(१) यस ऐन बमोजिम लाग्ने अन्त:शुल्कको निर्धारण र असुल गर्ने दायित्व अन्त:शुल्क लाग्ने वस्तु वा सेवाको उत्पादन गर्ने उत्पादकको हुनेछ । तर पैठारी हुने वस्तुको अन्त:शुल्कको निर्धारण र असुली सम्बन्धित भन्सार कार्यालयले गर्नेछ ।
(२) कुनै वस्तुको उत्पादन वा पैठारीका अतिरिक्त बिक्री वितरणको तहमा समेत अन्त:शुल्क लाग्ने भएमा यस ऐन बमोजिम लाग्ने अन्त:शुल्कको निर्धारण र असुली गर्ने दायित्व पैठारीकर्ता वा बिक्रेताको हुनेछ ।
(३) अन्त:शुल्क लाग्ने वस्तु उत्पादन गर्दा खपत भएको कच्चा पदार्थमा तिरेको अन्त:शुल्क तयारी वस्तु निष्काशन गर्दा तिर्नुपर्ने अन्त:शुल्कमा कट्टा गर्न पाइनेछ ।
तर स्वयं निष्काशन प्रणाली लागू हुने सूर्तीजन्य पदार्थ उत्पादन गर्ने उच्चोगहरू बाहेक अन्य उद्योगले कच्चा पदार्थ खरिद वा पैठारी गर्दा तिरेको अन्त:शुल्क तयारी वस्तु बिक्री गर्दा तिर्नुपर्ने अन्त:शुल्कमा कट्टा गर्न पाइनेछ।
(४) आगजनी चोरी दुर्घटना ध्वंसात्मक गतिविधि: वा वस्तुको उपयोगको म्याद सकिएको कारणले हानि नोक्सानी भएको वस्तुमा तिरेको अन्त:शुःल्क विभागले तोके बमोजिम कट्टी गर्न पाइनेछ ।
(५) यस दफा बमोजिम अन्त:शुल्क कट्टा गर्दा सहायक कच्चा पदार्थ प्याकिड्ड सामग्री तथा भन्सार महसुल माफी भएका कच्चा पदार्थ र पार्टपूर्जा पैठारी गर्दा तिरेको अन्त:शुल्क कट्टा गर्न पाइने छैन ।